THE PHURBA TIMES Headline Animator

CHANGE IS POSSIBLE

"No doubt, there are ways. What we just need is WILL. WILL for Change, WILL for Action. Then, Why in Dillema? Let's say YES to Life. :)Yes. - Phurba, the WASH Man

Saturday, February 3, 2024

शुन्यको मुल्य पढेपछी...

[BOOK REVIEW]

- फुर्बा साङ्गे मोक्तान 

............................................................................

त्यसै प्रसङ्गहरुमा उठेको "आकाशे टेम्पु" (दुर्गाममा उड्ने प्लेन)को किस्साले त् मलाई मुर्छै पार्लाजस्तो हसाएको थियो। तेस्तै, बुधेको फुपुआमा, भेडिनीकान्छी, हिम्मतबहादुर र कार्कीआमाको कथाहरुले मन भारी हुँदै आँखामा रसायनहरु नपलाएको हैन।                                                   
.................................................................................................................

शब्दले कती फरक पार्न सक्छ? ति एकै अर्थ तर फरक शब्दले पार्ने तरङ्ग एकै खालका होलान कि फरक? शब्दले खास के मा प्रभाव पार्ने हो, मष्तिस्क कि शरीरमा? यदी कसैले तपाईंलाई यि प्रश्नहरु राखे भने तपाईंको उत्तर के हुनेछ?

जब म डा. नवराज केसीद्वारा सिर्जित शुन्यको मुल्य पढ्न बसे, मेरो मनमा यि कुराहरु धेरै खेल्न आईपुगे। शब्द केवल बोलेर मात्र हैन, अपितु निशब्द भावहरुले पनि शब्दले भन्दा बढी अर्थ बोक्न सक्छ भन्ने भावना प्राप्त गर्न सके। श्रीमतीज्युलाई कार्यालयमा एक सहकर्मीले राम्रो छ पढ्ने भए लैजानुस् भन्दा मेरो लागि भनेर ल्याइदिएको पुस्तक सुरुमा शिर्षक पढ्दा अध्यात्मिक बिचारतिरको होकी जस्तो नलागेको पनि हैन। पुस्तक पढ्न रुची राख्ने स्वभाबको कारणले पनि राम्रो भनिएको पुस्तक पढम भनेर बसियो। धन्यवाद ति सहकर्मी मित्रलाई। 

डाक्टर (लेखक)ले आफ्नो जीवन भोगाइ र कामको सिलसिलामा साक्षात्कार गरेका र कतिपयमा त आफु नै डुबेका जीवन कथाहरुलाई यस पुस्तकको कथाको सारको रुपमा प्रस्तुत गर्नु भएको छ। पुस्तकद्वारा मलाई डाक्टर पेशागत ब्यक्तीभन्दा माथि उठेर समाजको चिन्तन र मलमपट्टीसमेत गर्न उत्साहित सचेत नागरिक महसुस भो। ममता, स्नेह र सङ्घषको कथाहरुमार्फत पनि मलमपट्टी गर्ने कोसिस भेटे मैले यस पुस्तकमा। बुधेकी आमा हुँदै बढेको कथा यात्रा पुतली आमा सम्मै पुग्दा सलल बगेको अनुभुती मलाई मात्र हो जस्तो मलाई लाग्दैन। कथा र भूमिकाको सिलसिलेबार नै तेस्तै छ। पुस्तकमा समेटिएका सानो सानो कथाको अध्यायमा पनि जीवन बृदिको सन्देश छरिएको पाए मैले ति कथाहरुमा। अपितु, आफु पनि ति कथाको एक पात्र झै यदा कदा डुबुल्की मार्ने मौका पाएको अनुभव पनि भाको कुरा म यो सन्स्मरण  लेखिरहदा नि सम्झन्छु। म आफु पनि देशको बिभिन्न कुनाकन्दराहरुमा मानब समुदायहरुसगको सामिप्यमा काम गरेको अनुभव तथा पछील्लो समय कर्णालीकै सेरोफेरोमा तनमन डुलाउन पाएको कारणले पनि डाक्टरले गरेका बर्णनहरु मेरा आँखामा झलमल्ल आईरहेका थिए। .............................


[FOR MORE...]

Sunday, December 3, 2023

WASH system strengthening in the context of Nepal: Case study from 8 local governments

By: Phurba S. Moktan














 A comprehensive approach is essential for addressing the fundamental components of the WASH sector and bringing about positive advancements in water, sanitation, and hygiene services. The WASH Agenda for Change (AfC) has outlined eight critical building blocks, which include: Institutional arrangements and coordination, Service delivery infrastructure, Monitoring, Planning, Finance, Regulation and accountability, Water resource management, Learning and adaptation.

The effectiveness and performance of local governments play a pivotal role in driving positive changes within this comprehensive approach aimed at achieving Sustainable Development Goal 6 (SDG 6). An applaudable recent initiative involved bringing together concerned stakeholders to share important insights gained from the Sanitation and Water for All (SWA) 2022 Sector Ministers' Meeting (SMM). Additionally, the process included setting national priorities and commitments through a workshop organized by AfC's country collaboration members. This endeavor will ultimately contribute significantly to enhancing the operational components that underpin the strengthening of the WASH system, ultimately helping us reach the overarching goal of SDG 6.

Meeting the Sustainable Development Goal (SDG) target for Water, Sanitation, and Hygiene (WASH) by the year 2030 necessitates a substantial shift in the current trajectory of the WASH sector in Nepal. This shift is vital to ensure the provision of enduring WASH services to Nepalese citizens, thus upholding a fundamental human right as outlined in the constitution of Nepal. Achieving this objective demands a unified effort, bringing together all stakeholders in the sector, including government bodies, development partners, and sector participants operating at the three distinct levels of the country's federated structure. This collaborative endeavor must be coupled with significant alterations in the approaches employed to fulfill the commitments to SDG 6 by 2030.

I was involved on a short research activity supported by Agenda for Change (AfC) Country Collaboration with the leadership of CARE Nepal on strengthening the WASH system primarily centers on assessing the capacity, which includes strengths and shortcomings, within the various building blocks designed by the AfC for WASH System Strengthening. These capacity-related issues may pertain to various aspects such as resources (financial, human resources, equipment, and services), gaps in plans and policies, institutional factors (like internal accountability and governance), among others.

In the context of Nepal, the AfC country collaboration has collectively identified, through their collaborative efforts in WASH System analysis, that capacity issues have become particularly prominent at the local government level. This is crucial for expanding the effective delivery of WASH services. However, the specific gaps and the necessary support for improvement have not been precisely addressed yet. To address this, the study was carried out in eight distinct local governments spanning four provinces. The aim was to provide advocacy for rectifying the deficiencies within these local government entities. Notably, the research was conducted in the working district of the AfC country collaboration members, with one Palika in their presence, and another without their presence.

Through the enthusiastic and robust engagement of all participants in the Multi-Stakeholder Coordination Workshop (MSCW), the evaluation and analysis of the 8 building blocks of the WASH System in 8 Local Governments (Municipalities) were carried out. This involved active group work dedicated to each of these 8 building blocks.

 

FOR MORE...


(The writer is a WASH professional with extensive experience in the WASH sector including WASH system strengthening.)


Read only on: WASH Khabar Online

Wednesday, April 6, 2022

यो त यात्राको, सुरुवात हो ।

 यो त यात्राको, सुरुवात हो ।

आफ्नो आफैसगको, सम्बादको।।

स्वतन्त्रतालाइ मनमुटुको, साथ भो।

उड्नु  नै त छ आकाशमा, उचाइको आशको।।

यो त यात्राको, सुरुवात हो ।


चल्ला पनि त निस्कन्न नि, नगरी बल स्वयमले।

सिङ्गो छ दुनिया, जिऔ हरेक पल मनले।।

फूल त बस्ला केहि पला, दिगो त पात हो। 

लक्ष्य जुनको राख्ने मनलाइ, यो दर्हो हात भो।।

यो त यात्राको सुरुवात हो।।।


-फुर्बा साङ्गे मोक्तान

अप्रील 01, 2022, शुक्रबार

Thursday, May 13, 2021

सजिलोमात्र हैन, भरपर्दो उपायतिर नि लाग्नु पर्‍यो सरकार

-फुर्बा साङ्गे मोक्तान


मेरो घरको भुइतलामा किरना पसल छ। जहाँ दुई-तिन दिन अघि पिउने पानीको जार बोक्ने गाडी आएर रोकियो। गाडीमा चालक सहित ४ जना। दुई जना चालकको छेउमा, १ जना पछाडि । पानीको जार राख्न र हिसाब गर्न दुई जना झरे तर एउटाको मास्क छैन अनि अर्कोको मास्क च्यापुमा। मैले यस्तो बेलामा पनि यस्तो काममा हिंडेको मान्छे मास्क लाउनु पर्दैन भनेको नबोली गयो। हिजो आज हेर्न पाको छैन, मैले त्यती भनेपछी लगाउन थाल्यो कि? 

--

भनिन्छ कसैको बानी परिवर्तन गर्नु छ भने, एउटै कुरा कम्तीमा २२ पटक गर्नुपर्छ रे। यहाँ त लक्डाउनको चै बानी पर्ने भो, तर सुरक्षित भएर हिंड्ने कुरो चै त्यस्तै भो। घाटीमा हात पुग्यो भने जसरी अकस्मातै हातमा फु गरिन्छ। त्यसरी नै मानिसहरुको दिमागमा घर बाहिर निस्कनसाथै मास्क र स्यानीटाइजर खोज्ने बनाउनलाई त कम्तीमा पनि २२ पल्ट त अनुगमन गर्नुपर्‍यो, सम्झाउनै पर्‍यो, बुझाउनै पर्‍यो। सुरुमा नमस्कार र धेरै समय पश्चात पनि नसुध्रेपछी मात्र अनुशासनको कारबाही पनि गर्नुपर्‍यो। अनि हुन्छ परिवर्तन। त्यो पनि सुरुमा त सानै परिवर्तन होला, तर दिशा सही परे दिगो परिवर्तन पनि सम्भव छ। कोरोनाको निराकरण सम्भव छ।


१ बर्ष पहिले पनि हतारमा ताल्चा लगाउने काम गरियो, तीन महिना पछी अलमस्त छोडियो। अनी, अक्टोबर नोभेम्बरमा शिखरतिर पुगेको थियो कोरोना (लकडाउन सकेको तीन-चार महिनातिर)। यो बर्ष पनि कोरोना उकालो लाग्न थालेको १ हप्तामै ब्रम्हास्त्र हानियो। अझै घट्ने नाम लिएको छैन। घटोस पनि कसरी, पेटले लकडाउन भन्दैन, सरकारले पसल बन्द गर्‍यो कि गरेन, गाडी कुदायो कि कुदाएन मात्र हेर्ने भो। सुरक्षित भएर बसेको, हिंडेको, गाडी कुदाएको, पानी लगायतका अत्यवस्यक सामाग्रीहरु सप्लाई गरेको कुरा हेर्ने फुर्सद जुटाएको छैन। आक्कल झुक्कल हेरेजस्तो गरे नि ड्युटी पुर्याउने काम मात्र भाको छ। दिगो र भरपर्दो अनुगमन हुन सकेको छैन। निरन्तरताको त कुरै छोडौ । 

--

अचेल मलाई मेरो बाल्यकालको सम्झना आउन थालेको छ। हामी ३-४ भाई मिलेर लङ्गुरबुर्जा हल्लाउने गर्थेउ, जहाँ दुई जना खालमा र बाँकी १-२ जना चै पुलिश आउछ कि भनेर हेर्नेमा पर्थेउ। र पुलिश आको सुइको पाउने बित्तिकै लङुरबुर्जाको पसल बन्द गरीहाल्थेउ । आज भोली मेरोतिरका पसलहरु (किराना लगायतका अत्यवस्यक पसलहरुको पनि बेलुकातिर चै)को अवस्था म उस्तै देख्छु। पसल आधा जती खोल्ने र कोही मान्छे आयो भने पनि सोधिहल्ने, "पुलिश आको हो परतिर ?"

--

[FOR MORE...]

Thursday, May 28, 2020

कोभिड–१९बाट जोगिन हात धुने सम्बन्धी गीत


रचनाः फुर्बा सांगे मोक्तान

सुन्नुस, सुन्नुस दाजुभाई, सुन्नुस दिदीबहिनी हो
(के जोखिम अवस्थामा, हात धुनुभो ?)२

खानु अघि, खुवाउनु अघि, स्तनपान अघि नि ।
(साबुनको प्रयोग गरी, हात धुने नि ।।)२

अहिले त हामी सबै, मास्क पनि लगाउछौं ।

(लाउनु अघि फुकालेसी, साबुन चलाउछौंं।।)२

अरुको त सामान पनि जोखिमपूर्ण भाको छ ।
(के ति सामान छोएसि हात, धुनुभाको छ ?)२

हातलाई नाक, मुख, आँखा अघि, लानु नि ।
(साबुनपानी मिचिमिचि, हात, धुनु नि ।।)२

चर्पी गए पछि जरुर, हात धोए दाजुभाई ।
(कोरोनाको संक्रमण, नलिआउनु है ।।)२

घरकोठा सरसफाइमा ध्यान दिनु, राम्रो हो ।
(हाम्रो स्वास्थ्य जिम्मेबारी, पनि हाम्रो हो ।।)२

सुन्नुस, सुन्नुस दाजुभाई, सुन्नुस दिदीबहिनी हो
(के जोखिम अवस्थामा, हात धुनुभो ?)२


[FOR MORE...]

Monday, May 25, 2020

लकडाउनको अब १० दिनः एक मिटर सामाजिक दुरीका लागि

(Original article published on Setopati.com on April 29, 2020)

फुर्बा साङ्गे मोक्तान
कुरा सुरु गरौँ आफ्नै अनुभवबाट। कुरा हिजोको मात्रै हो। बसाई मेरो जोरपाटी, काठमाडौं।

म घर नजिकैको किराना पसलमा सामान किन्न गएको थिएँ। सामान लिदै नै थिएँ। पछाडिबाट ठोक्किएला झैँ गरी एक जना दाइ उभिनुभयो। मैले विनम्र भएर एक मिटरको दुरी राखम ल भनेको, दाजु 'ए है!' भन्दै पछि हटे।

फेरि एकैछिन पछिको कुरो हो। म त्यही पसलमा सामान लिदै थिए। एक जना बुढी आमै हातमा सेतो पिठो जस्तो केही र जल लिएर वरपरकालाई पर्सादी भनेर बाड्न लाग्नु भयो।

मैले उहाँलाई 'अनि आमै हातैले प्रसाद बाढ्दै हिड्न ठिक होला त? समय काल यस्तो रोगमय छ' भनेको उहाँले 'भगवानले हेर्छन' भन्नुभयो।

'अब भगवानले पनि त आफैँले मिहेनत गरेसी मात्र त हो हेर्ने।'

मेरो कुरा साहुनी दिदीलाई घत परेछ। आमैलाई कुन्नी?

अचेल मेरो टोलको एक कुनामा दैनिक भतेर जस्तो केही पाक्छ। मेरो घरबाट देखिन्छ त्यो दृश्य। दैनिकै करिब २५–३० कम उमेरका जवान वृद्ध देख्छु म त्यहाँ।

तर प्रायः खाना बनाउने केही बाहेक सबै गफै चुट्दै हुन्छन्, थुकै उछिट्टिने गरी। उद्देश्य गरिब-दुःखीलाई कोरोना कहरका बीच खाना खुवाउने हो रे। त्यो त राम्रो तर बीस तिरबाट भेला भएका तीस थरी मानिसहरु पसिना नै टाँसिने र थुकै मुखमा उछिट्टिने गरी जम्मा हुन आवश्यक नै हो त यो समयमा?


आजको कुरा नि सुन्नुहोस्। मेरा मावलातिरका एक दाइको परिवार (पैसाको समस्या छैन उनीलाई) आजै राति पालिकाले गाडी रिजर्भ गरेर लैजाने रे भनेर घर (पर्सा जिल्ला) हिँड्न ठिक्क परेछन्।

मैले सोधे, 'अनि यस्तो रोगको बीचमा बच्चा सबै बोकेर जान किन आवश्यक?'

भाउजुलाई बस्दा-बस्दा दिक्क लाग्यो रे, अनि त्यहीबेला पलिकाले गाडी व्यवस्था गर्या छ भन्ने जानकारी पाएर (उनकै अनुसार) जान लाग्या रे। गाडीमा जाँदा-आउँदा कोचाकोच छ अचेल, सामाजिक दुरी त त्यत्तिकै हो।

गाडीमा बसेका मध्ये एकमा केहिगरी कोरोनाको संक्रमण भए के होला अवस्था? विकल्प विहीनहरु बहेककालाई हैन यो उपाय भनि किन नबुझेका? हैट्, हामी नेपालीको सुद्धी ?

माथिका प्रसंगहरु जोड्नुको कारण मैले हामी नेपालीमाझ देखेको एउटा सामान्य देखिने तर असामान्य परिणाम ल्याउन सक्ने सामाजिक (स्वच्छ) दुरीको अवमूल्यन भएर हो।

विश्वासनिय अमेरिकी प्रोफेसर डा. एन्थोनी फौसीले भनेका छन् कि 'सामाजिक दुरी भनेको मानिसहरुबीचको भीडमा साच्चिकैको भौतिक दुरी हो, जहाँ तपाईंले धेरै नजिकको सम्पर्कबाट आफूलाई हटाउनु हुनेछ।'

तर के उनले भनेजस्तै सम्भव छ त? पक्कै छ। म पनि एक उदाहरण हुँ।

महिना अघि लकडाउन सुरु हुने ताकाभन्दा अहिले मानिसहरु काठमाडौं छोड्न खोज्ने क्रम पनि बढेको देखिएको छ। यसमा मैले दुई पाटा देखेँ। एकाथरी, जीविकाका लागि कुनै उपाय नभएर पछि जीवन बचाउन पनि राति-राति हिँडेर वा गाडीमा जोखिमपूर्ण यात्रा गर्दैछन्।

धेरै सञ्चार माध्यमहरुले उनीहरुको कारुणिक कथा देखाई–सुनाई रहँदा धेरैपल्ट यो पङ्तिकार पनि भावुक भएको दृष्टान्त छ। अर्काथरी भने, रोग र गाँस-बाँसबाट सुरक्षित भए पनि रहरमै आफन्ती छिमेकीले गाउँको रमाइलो, दसैँ जत्तिकै छ। भनेपछी मोहित भएर रोगसँगको जोखिम मोलेरै भए नि जाने जमात छन्।

यो आलेख तयार पर्दासम्म नेपालमा ५२ जना व्यक्तिहरुमा संक्रमण पुष्टि भईसकेको अवस्था छ भने कसैले पनि ज्यान गुमाउनु परेको छैन। सरकारको आधिकारिक जानकारी (सिट्रेप३३७८) अनुसार ४३०६३ जनाको द्रुत परिक्षण र १०६२० जनाको पिसिआर प्रविधिबाट परीक्षण भईसकेको छ।

परीक्षणको तीव्रता पछिल्लो केही समयमा उल्लेखनीय बृद्धि भएको देखिएसँगै नयाँ संक्रमितहरुको पनि पुष्टि हुँदै गईरहेको छ। पछिल्ला दिनमा पत्ता लागेको काठमाडौँस्थित सनसिटी कोलोनीमा पुष्टि भएका सन्क्रमितहरुको संक्रमणको तथ्य हेर्दा कम्तिमा एक महिना जतिको देखिन्छ।

यतिमात्र हैन, उनिहरुमध्ये दुई जनामा संक्रमण भए पनि रोगका लक्षणहरु भने देखिएन। यसबाट हामी के कुरा अनुमान लगाउन सक्दछौँ भने संक्रमणहरु भएका छन्, तर पुष्टि हुन ढिलो भईरहेको छ। उनीहरु जस्तै अन्यमा पनि संक्रमण हुन सक्दछ।

जस्तो कि हामीलाई सबैलाई थाहा छ, यो लेख लेखिदासम्म न त यस रोगको कुनै औषधि पत्ता लाग्न सकेको छ, न त कुनै प्रतिरोधात्मक भ्याक्सिन नै। यस्तो परिस्थितिमा हामीसग मूलतः दुई विकल्पहरु छन्।

एक, रोग लाग्न दिने अनि रोगसँग लड्ने कि विजय प्राप्त गर्ने कि मृत्यु स्वीकार गर्ने। कोभिड–१९ को सवालमा प्रति १०० मा ५ जनाले मृत्यु स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ। र साथै, उस्तै परे यो लडाईं अनगिन्ती पल्ट लड्नु पर्ने हुनसक्छ। यो हार्ने लडाईं हो।

दोस्रो, कोभिड–१९ लाग्नै नदिने। यो जित्ने लडाईं हो। तर कसरी? यदि तपाईंले कोरोना भाईरस रोग–१९ लाई सही ढंगबाट बुझ्नु भएको छ भने तपाईंले यो पत्ता लगाउन गाह्रो पर्ने छैन कि यो जनस्वास्थ्यसँग सम्बन्धित रोग हो, जुन श्वासप्रश्वास र भौतिक सम्पर्कबाट सर्ने गर्दछ। तपाईं/हाम्रो आनीबानी नै यो रोगको लागि सूचक हो।

यी हरफहरु लेखिरहँदा लकडाउन (बन्दाबन्दी)को पनि मासिकी पुगेर थप ५ दिन बितिसकेको र थप १० दिन थपिएको छ। कुरा स्पष्ट छ कि मानिसहरु अब जीविकाका लागि अत्तालिन थालिसकेको अवस्था छ। रोगले भन्दा पनि भोकले पिरल्नेको जमात पनि आधाउधी नै छ हाम्रो नेपालमा। झन् सहरी गरिब, श्रमिक, मजदुर, डेरावाल एवम् विद्यार्थीहरुको लागि त लकडाउन बढ्दै जाँदा त ब्रेकडाउन नै हुनसक्ने अवस्था पनि चाडै आउन नसक्ला भन्न सकिन्न।

तर यसका लागि, सरकारी तहबाट नै व्यापक रुपमा एक मिटरको स्वच्छ (सुरक्षित) दुरी कायम गर्नका लागि अधिकतम पहल गर्नुपर्ने देखिन्छ। व्यक्ति-व्यक्तिबाट कार्यान्वयन गर्नु त छदैछ। जब राज्यस्तरबाट नीतिको कडा नियमन हुन्छ, तब राज्यका हरेक नागरिकले पालना गर्नतिर उन्मुख हुन्छन्।

सुन्दा अलिक बलजफ्ती सुनिएला, तर यो बेला साच्चै असल नियतलाई अस्वाभाविक मान्नुपर्ने जस्तो यो पङ्तिकारलाई लाग्दैन।

अन्त्यमा, लकडाउन केवल एक विकल्प मात्र भएको र वैशाख २५ पछि फेरि यही किसिमले लम्ब्याउनुको खास विशेष महत्व नभएकोले विशेष परिस्थितिका लागि विशेष प्रयोजन अनुरुप २५-५ गतेसम्म  ७५ र १०० प्रतिशत लकडाउन वा यस्तै केही उपायहरुमार्फत ‘सर्प पनि मर्ने र लौरी पनि नभाच्चिने’ तरिका अवलम्बन गर्नुपर्ने देखिन्छ।

यस्तो अवस्थामा कम्तिमा एक मिटरको दुरीले स्वच्छ दुरीको रुपमा अचुक काम गर्ने देखिन्छ, र कोभिड– १९ नियन्त्रणमा अमृतवाणीको पनि काम गर्न सक्नेछ। त्यसैले, यी १० दिनलाई कम्तीमा एक मिटरको सामाजिक (स्वच्छ) दुरी प्रभावकारी बनाउन आवश्यक तयारी गर्ने समयको रुपमा प्रयोग गर्न राज्य, समुदाय सबैबाट अत्यावश्यक छ।

नत्र फेरि 'हगिसकेपछि दैलो देख्ने' हाम्रो नेपाली सामाजिक प्रवृत्तिका बनेको उखान चरितार्थ हुन बेर लाग्ने छैन।

(लेखक जनस्वास्थ्य स्वच्छता विज्ञ हुन्।)

[FOR MORE...]

स्वच्छता नै कोभिड–१९ को उत्तम भ्याक्सिन

(Original article published on Swasthyakhabar.com on April 27, 2020)

फुर्वा साङ्गे मोक्तान

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया किशोरीमा कोरोना भाइरसको संक्रमण देखियो। करिब २ हप्ता अस्पताल बसाइपछि उनी अहिले निको भएर घर फर्किसकेकी छिन्। उनीसँगै हालसम्म अन्य १६ जना संक्रमित पनि उपचारपछि निको भएर घर फर्किन पाएको अवस्था छ।

यो आलेख तयार पर्दासम्म नेपालमा ५२ जना व्यक्तिमा संक्रमण पुष्टि भइसकेको अवस्था छ भने कसैले पनि ज्यान गुमाउनु परेको छैन। सरकारको आधिकारिक जानकारीअनुसार ४१ हजार ४ सय ३६ जनाको द्रुत परीक्षण र ९ हजार ९ सय ३१ जनाको पिसिआर प्रविधिबाट कोरोना भाइरसको परीक्षण भइसकेको छ।

परीक्षणको तिब्रता पछिल्लो केही समयमा उल्लेखनीय वृद्धी भएको देखिएसँगै नयाँ संक्रमितहरुको पनि पुष्टि हुँदै गइरहेको छ। पछिल्ला दिनमा पत्ता लागेको काठमाडौंस्थित सनसिटी कोलोनीमा पुष्टि भएका संक्रमितहरुको संक्रमणको तथ्य हेर्दा कम्तीमा १ महिनाजतिको अवधि देखिन्छ। यतिमात्र हैन, उनीहरुमध्ये २ जनामा संक्रमण देखिए पनि रोगका लक्षणहरु भने देखिएनन्।  यसबाट हामी के कुरा अनुमान लगाउन सक्छौं भने संक्रमण भएका छन् तर पुष्टि हुन ढिलो भइरहेको छ। उनीहरु जस्तै अन्य पनि संक्रमण हुनसक्छ। 

यहाँबाट सुईलाई दुई तिर घुमाउन सकिन्छ। पहिलो त, लक्षण नदेखिएका कोरोना भाइरसको संक्रमण भए पनि नदेखिएकाले अन्य स्वस्थ व्यक्तिहरुमा सर्ने तर बाहिरी लक्षण नदेखिने क्रम जारी नै रहन सक्छ। जसले गर्दा बरफको डल्लो जस्तो बहिर थोरै देखिए पनि भित्र भयावह संक्रमण भइसक्ने अवस्था रहन सक्छ। त्यसैगरी दोस्रोमा, निको भएर जानेहरुमा फेरि पनि अन्य संक्रमित वा लक्षण नदेखिएका संक्रमितहरुबाट पुनः संक्रमणको सम्भावना रहन सक्छ। त्यसो भए समाधान छैन त? अवश्य छ। जहाँ इच्छा, त्यहा उपाय भने जस्तै दृढ इच्छाशक्ति नै उपाय हो। 

हामी सबैलाई थाहा छ, न यो रोगको कुनै औषधि पत्ता लाग्न सकेको छ, न त कुनै प्रतिरोधात्मक भ्याक्सिन नै। यस्तो परिस्थितिमा हामीसँग मूलतः दुई विकल्प छन्। एक, रोग लाग्न दिने अनि रोगसँग लड्ने। कि विजय प्राप्त गर्ने कि मृत्यु स्वीकार गर्ने। कोभिड–१९ को सवालमा प्रति १०० मा ५ जनाले मृत्यु स्वीकार गर्नुपर्ने बाध्यता देखिन्छ। साथै, उस्तै परे यो लडाईं अनगिन्ती पल्ट लड्नुपर्ने हुनसक्छ । यो हार्ने लडाईं हो। 

दोस्रो, कोभिड–१९ लाग्नै नदिने। यो जित्ने लडाईं हो। तर कसरी? यदि तपाईंले कोरोना भाइरस रोग–१९ लाई सही ढंगबाट बुझ्नु भएको छ भने तपाईंले यो पत्ता लगाउन गाह्रो पर्ने छैन कि यो जनस्वास्थ्यसँग सम्बन्धित रोग हो, जुन श्वासप्रश्वास र भौतिक सम्पर्कबाट सर्ने गर्दछ। हाम्रो आनीबानी नै यो रोगको लागि सूचक हो। या भनौं, जोखिमयुक्त बानी व्यवहार नै कोरोना भाइरस सर्ने कारण हो, जसमा स्वच्छता व्यवहारको भूमिका मैले ८० प्रतिशत भन्दा बढी देखेको छु।

जस्तो कि विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९बाट बच्न ६ वटा सुझाव छन्। जस्तैः 

१. साबुनपानी वा अल्कोहलजन्य (यदि आँखाले हेर्दा फोहोर छैन भने) ले हात नियमित धुने।

२. खोक्दा नाक र मुख कुहिना वा टिस्यु पेपरले छोप्ने, बन्द भाँडोमा फाल्ने र हात धुने।

३. कम्तीमा १ मिटर (३ फिट) को सामाजिक दूरी कायम गर्ने विशेषगरी खोक्दा र ज्वरो आउँदा।

४. नाक, मुख र आँखा छुने काम नगर्ने।

५. मास्क र व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग बिरामी हुँदा, बिरामीको हेरचाह गर्दा वा स्वास्थ्य संस्थामा गर्ने। र, 

६. यदि बिरामी हुनुहुन्छ भने घरमै बस्ने तर ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएमा तत्कालाई चिकित्सा सेवा लिने। 

माथिका सुझावहरुमध्ये छैठांै बाहेक बाँकी पूर्णतः स्वच्छताका आचरणहरु हुन्। यदि यी आचरणहरुको पूर्ण पलना गर्न सकियो भने कोभिड–१९ हुने सम्भावना ज्यादै न्यून हुने कुरामा दुईमत नहोला। 

अहिले लकडाउनको पहिलो अवधि पूरा भई दोस्रो अवधि पनि सकिनै लागेको अवस्था छ। कुरा स्पष्ट छ, मानिसहरु अब जीविका लागि अत्तालिन थालिसकेको अवस्था छ। रोगले भन्दा पनि भोकले पिरल्नेको जमात पनि आधाउधी नै छ हाम्रो नेपालमा। झन्, सहरी गरिब, श्रमिक, मजदूर, डेरावाल एवं विद्यार्थीहरुको लागि त लकडाउन बढ्दै जाँदा ब्रेकडाउन नै हुनसक्ने अवस्था पनि चाँडै आउन नसक्ला भन्न सकिन्न।

१ महिनाअघि लकडाउन सुरु हुने ताका भन्दा अहिले मानिसहरु काठमाडौं छोड्न खोज्ने क्रम पनि बढेको छ। उनीहरु रोगसँग डराएर घर फर्कन चाहेका मात्र छैनन्। अपितु, जीविकाका लागि कुनै उपाय नभएपछि जीवन बचाउन पनि रातिराति हिंडेर वा गाडीमा जोखिमपूर्ण यात्रा गर्दैछन्। धेरै सञ्चारमाध्यमहरुले उनीहरुको कारुणिक कथा देखाइ–सुनाइरहँदा धेरैपल्ट यो पङ्तिकार पनि भावुक भएको दृष्टान्त छ।

यस सन्दर्भमा हेर्दा अवश्य पनि लकडाउन केवल एक विकल्प मात्र भएको र वैशाख १५ पछि फेरि यही किसिमले लम्ब्याउनुको खास विशेष महत्व नभएको देखिन्छ। बरु विशेष परिस्थितिका लागि विशेष प्रयोजन अनुरुप २५, ५०, ७५ र १०० प्रतिशत लकडाउन वा यस्तै केही उपायहरुमार्फत ‘सर्प पनि मर्ने र लौरी पनि नभाँच्चिने’ तरिका अवलम्बन गर्नुपर्ने देखिन्छ।

हुन त सरकारको आधिकारिक धारणा आइनसके पनि केही सञ्चारमाध्यमबाट वैशाख १५ पछि लकडाउन नलम्बिने भन्ने किसिमको समाचार पनि आइरहेको छ। यस्तो अवस्थामा कम्तीमा १ मिटरको दूरीले स्वच्छ दूरीको अचुक काम गर्ने देखिन्छ, र कोभिड–१९ नियन्त्रणमा अमृतवाणीको पनि काम गर्न सक्नेछ। 

विचारणीय कुरा के छ भने, भोलिका दिनमा संक्रमणको जोखिमबाट बच्ने हो भने स्वच्छतालाई विशेष प्राथमिकतामा राखेर सोसम्बन्धी व्यवस्था गर्न अत्यावश्यक छ। हामी सबैलाई थाहा छ, वैज्ञानिकहरु यस रोगको औषधि र भ्यक्सिनको खोजिमा दिनरात लागि परेका छन्। बुझ्नु पर्ने कुरा के छ भने भ्याक्सिन पत्ता लागेर प्रयोगमा आउन वैज्ञानिकहरुकै कुरा सुन्दा नि कम्तीमा १ वर्ष लाग्नेछ। त्यसमाथि नेपालमा सर्वसुलभ हुन अर्को समय त छँदैछ।

त्यसैले, हामीसँगै भएको र हाम्रो आफ्नै बुताले भ्याउने स्वच्छता कायम गरेर रोगथाम र नियन्त्रण गर्नु नै राम्रो हो। यो नै हालका लागि उत्तम भ्यक्सिन हो। नियमित रुपमा केवल साबुनपानीले हात मिचिमिची धुने, घरबाहिर निस्कँदा सबै दोस्रो–तेस्रो व्यक्तिसँग कम्तीमा १ मिटरको दूरी कायम गरेर मात्र कारोबार गर्ने तथा मास्क अनिवार्य प्रयोग गर्ने गर्दा मात्र पनि हामी धेरै सुरक्षित बन्न सक्नेछौं। बिहान घरबाट निस्केर आफ्नो काम सकेर फर्केर घर आइपुग्दा बीचमा भएका गतिविधिहरु पनि जोखिममुक्त हुनेछन् र आफू लगायत परिवारका सदस्यहरु पनि कोरोना रहित हुन सक्नेछौं।

अन्त्यमा, हामी सबै श्रमजीवी छौं। काम बिना जीविका नचल्ने विश्वव्यापी परिस्थिति छ र यसबाट हामी पनि अछुतो छैनौं। तर काम अघि बढाउने र काम अघि बढाउदै गर्दा रोगको जोखिमबाट बच्नु पर्ने अहिलेको पहिलो प्राथमिकता रहँदा स्वच्छता, बानी व्यवहार र सुविधा नै महत्वपूर्ण कडी हो। अतः स्वच्छता नै कोरोना भाइरस रोग–१९बाट बच्ने सस्तो र सर्वसुलभ भ्याक्सिन हो, सबैभन्दा दिगो औषधि पनि हो।     

(लेखक जनस्वास्थ्य स्वच्छता विज्ञ हुन्।)

[FOR MORE...]